कलाकार आरपी अभिनीत ‘समय’ सार्वजनिक


January 4, 2026 मा प्रकाशित

काठमाडौँ । वरिष्ठ कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ । गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीत रहेको गीतमा मनोहर सोनामको एरेन्ज छ।

गीतको भिडियोमा पन्तका अलावा विकास लामिछाने, लिसा क्षेत्री बर्नवाल, प्रमीला रुपाखेती र बाल कलाकार प्रवेश पौडेलको अभिनय देख्न सकिन्छ ।

भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन र मीन रावलको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here