पूर्व कप्तान मल्ल रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा


January 3, 2026 मा प्रकाशित

झापा । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ।

मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन् । ‘फरक फरक पृष्ठभूमि व्यक्तिहरुलाई समेट्ने क्रममा मलाई पनि प्रस्ताव आएको थियो,’ मल्लले भने,’खेलकुदको पृष्ठभूमिका‌ कारण मलाई प्रस्ताव आएको हो। यसलाई मैले सम्मान रुपमा लिएको छु। अवसर पाएको खण्ड खेलकुदमा नीतिगत सुधारका लागि नै पहल गर्ने हो।’

मल्लले झन्डै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। अहिले उनी राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here