बुद्ध एयरको जहाज दुर्घटनामा ७ जना सामान्य घाइते


January 3, 2026 मा प्रकाशित

भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटनामा पाइलटसहित ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा भद्रपुर १० का ४० बर्षिय सबिन जोगी, बिर्तामोड ७ का २० बर्षीया प्रेसिषा अधिकारी, बिर्तामोड १ की ४२ वर्षीया सुमित्रा जोगी, दमक १ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं १६ बस्ने ४० वर्षीया प्रिया घतानी र जहाजका पाइलट ललितपुर ४ का २४ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन् ।

उनीहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घाइते मध्ये दमकका कटुवाल डिस्चार्ज भएका छन् । घाइतेहरुको खुट्टा, टाउको र हाटमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति ९ बजेतिर काठमाडौंबाट झापा आइपुगेको बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर २०० मिटर पर खोल्सामा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here