युवा संघले बाढ्यो राहत र औषधी, विपन्न परिवारले भने, ‘संकटमा सहयोग गर्नु भो, अब बाचिन्छ’


June 12, 2021 मा प्रकाशित

मेचीनगर, २९ जेष्ठ ।। बिस ।। लगातारको लकडाउनका कारण खाद्य सकटमा परेका विपन्न तथा सुकुम्वासी परिवारलाई युवा संघ झापाले राहत तथा औषधी वितरण गरेको छ ।

युवा संघ झापा जिल्ला कमिटीले आज मेचीनगरको विभिन्न स्थानमा ७० घर परिवारलाई खाद्य सामग्री सहितको राहत वितरण गरेको हो । युवा संघका झापा अध्यक्ष राजु धिमालको नेतृत्वमा आज मेचीनगर वडा नम्बर ९ को झोडा टोलका १५ घर सुकुम्वासीलाई खाद्य राहत वितरण गरिएको युवा संघ मेचीनगरका अध्यक्ष सरोज मेहराले बताउनु भयो । त्यसै गरी मेचीनगर वडा नम्बर १३ को सर्प दंश टोल, विरान टोल, तेलीवारी टोल लगयतका ५५घर विपन्न तथा सुकुम्वासीहरुलाई राहत वितरण गरिएको युवा संघका केन्द्रिय सदस्य भोजराज पराजुलीले बताउनु भयो ।

युवा संघले आफु भित्र र पार्टीका नेता कार्यकर्ताहरुबाट सहयोग संकलन गरी विपन्न तथा लकडाउनले खाद्य संकटमा परेका परिवारलाई राहत वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला अध्यक्ष धिमालले बताउनु भयो । अभियान आजैबाट सुरु भएको र यस अभियान अन्तरगत २ सय घर परिवारलाई राहत वितरण गरिने योजना रहेको संघका क्षेत्रीय अध्यक्ष लुसन तिवारीले जानकारी दिनु भयो । अभियानलाई युवा संघ वडा नम्बर १३ ले ३० घरलाई पुग्ने राहत प्याकेज उपलक्ध गराएको संघका जिल्ला सदस्य तिलक श्रेष्ठले बताउनु भयो । अभियानलाई स्वस्थ्य सामग्री हलेसी मेडिकल हल धुलावारीले उपलब्ध गराएको पनि श्रेष्ठले बताउनु भयो ।


पार्टीका नेता, उद्योगी व्यवसायीहरुबाट सहयोग संकलन गरी तयार गरिएको राहत प्याकेजमा एक घर परिवारका लागि २० केजी चामल, १ कजी दाल, १ लि. खाने तेल र केही स्वास्थ्य सुरक्षा सामग्री रहेको संघका जिल्ला सदस्य दिपक घिमिरेले बताउनु भयो । अभियानमा युवा संघका जिल्ला कमिटी सदस्य रघु धिमाल, विकास निरौला, सोम ओझा, विद्यार्थी नेता उदय बराइली, सन्तोष धमला लगायत मेचीनगरमा रहेका युवा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
निरन्तरको लक डाउनका कारण दैनिक मजदुरी गर्ने परिवारलाई ठुलो संकट परेको छ । यस्तो संकटका बेला युवा संघले राहत सामग्री उपलब्ध गराउँदा विपन्न तथा सुकुम्वासी परिवारले खुसी व्यक्त गर्दै धन्यवाद दिएको युवा संघका जिल्ला अध्यक्ष धिमालले विचारमञ्चलाई बताउनु भयो । अध्यक्ष धिमालका अनुसार भोली वडा नम्बर ५ अन्तरगतका विपन्न तथा सुकुम्बासी परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here