अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु


January 4, 2026 मा प्रकाशित
Helicopters fly past plumes of smoke rising from explosions, in Caracas, Venezuela, January 3, 2026 in this screen grab obtained from video obtained by Reuters. Video Obtained by Reuters/via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES. NEWS USE ONLY. THIS PICTURE WAS PROCESSED BY REUTERS TO ENHANCE QUALITY. AN UNPROCESSED VERSION HAS BEEN PROVIDED SEPARATELY. VERIFICATION: - Mountains, towers and buildings match satellite and file imagery of Caracas - Date verified by multiple corroborating videos of strikes on Caracas TPX IMAGES OF THE DAY

एजेन्सी । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएको भएपनि न्युयोर्क टाइम्सले कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरू मारिएका छन् ।

एक रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’ आक्रमणमा ‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइएको र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरेको’ रिपोर्टमा लेखिएको छ ।

यद्यपि, अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि गरेको छैन । अमेरिकाले शनिबार राजधानी काराकासलगायतका शहरहरूमा भीषण आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरूलाई अमेरिकाले न्युयोर्कको हिरासतमा राखिएको छ ।

अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् ।

ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन् । हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here