झापा । यो वर्ष भारत र श्रीलंकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति अस्ट्रेलियाको टिम घोषणा गरिएको छ । बिहीबार अस्ट्रेलिया क्रिकेटले मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
विश्वकपका निम्ति अस्ट्रेलियाले बलिङमा स्पीनरलाई प्राथमिकतामा राखेको छ । अस्ट्रेलियाले नियमित स्पीनर एडम जाम्पा, म्याथ्यु कुनेमन, कुपर कोनालीसँगै अलराउन्डर ग्लेन म्याक्सवेल र म्याथ्यस शर्टलाई टिममा समेटेको छ ।
विश्वकपमा अस्ट्रेलिया समूह ‘बी’मा छ । यो समूहमा अस्ट्रेलियासँगै आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे छन् । अस्ट्रेलियाले आउँदो फेब्रुअरी ११ मा आयरल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्ने तालिका छ ।






