काठमाडौं । नेपाल कृषि अनुन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले आठ प्रजातिका धानको अनुसन्धान गर्ने भएको छ । केन्द्रले पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ ।
अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३।२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको जनाएको छ ।
नेपालका धानको उच्च गुणस्तरीय बीउ नहुँदा भारत, चीन लगायका देशबाट आयात गर्नु पर्ने वाध्यात्मक अवस्था छ । त्यसरी विदेशबाट ल्याएका धान कहिले काँही नफल्नाले किसानहरुले निकै संकट व्यहोर्नु परेको मात्र होइन । धानको बीउ विक्री गर्नेलाई कार्वाहीको माग गर्दै विगतमा आन्दोलनमा नै उत्रिएको अवस्था पनि थियो ।
अहिले कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन गरिएको अनुसन्धानले पक्कै पनि नेपालमा धानका विभिन्न प्रजातीको बीउ उत्पादन गरी आयातलाई क्रमश प्रतिस्थापन गर्न सकिने आशा पलाउन भने थालेको छ ।
अहिले परिषद्को राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो ।






