एकका लागि एक अभियानको सफलता, आजबाट सुरु भयो अक्सिजन बैंक


June 9, 2021 मा प्रकाशित

झापा, २६ जेष्ठ ।। बिस ।। झापामा सञ्चालित एकका लागि एक अभियाननले सुरु गरैको अक्सिजन बैंक स्थापना गर्ने अभियान आज पूरा भएको छ । अक्सिजन बैंकको आज झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।

कोरोना प्रकोपका कारण अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने अभियान सुरु गरेको थियो । अभियानले जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ । देशभित्र र बाहिर रहेका नेपालीले अभियानलाई१ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरेका छन् ।

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो । संयोजक गिरीका अनुसार सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here