झापामा पनि मनाइयो मेलमिलाप दिवस


January 7, 2022 मा प्रकाशित


बिर्तामोड पुस १६ । ४६ औं राष्ट्रिय मेलमिलाप दिवस आज विविध कार्यक्रमका साथ देशभर मनाइएको छ । नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो ।

२०१५ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा दुईतिहाई बहुमत आएर गठन भएको सरकारलाई २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपदस्त गरी निर्दलीय शासन ब्यवस्था लागु गरेका थिए ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रम ।

त्यसवेला तत्कालीन प्रधानमन्त्री महामानव बीपी कोइरालासहित नेपाली कांग्रेसमा आबद्ध एवं प्रजातान्त्रिक आन्दोलनमा सक्रिय शीर्ष नेताहरुलाई अपदस्त गरी जेलचलान गरिएको थियो ।

लगभग ८ बर्षसम्मको कठोर जेल जीवनपछि निर्वासनको सजाय भोगिरहेका बीपी कोइराला, गणेशमान सिंहसहितका शीर्ष नेताहरु आफूहरुमाथी फाँसीको सजायसमेत हुनसक्ने जोखिमपूर्ण अवस्थामा २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । नेपाली कांग्रेसले सोही सम्झनामा प्रत्येक बर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यही सन्दर्भ पारेर नेपाली कांग्रेस झापा अन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले क्षेत्रीयस्तरमा कार्यक्रम सम्पन्न गरेका छन् भने क्षेत्र नं–१ र ३ ले वडास्तरमा कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस एवं प्रमाणपत्र वितरण कार्यक्रममा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी÷सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here