झापा प्रशासनलाई सुव्यवस्थित चलाउने प्रतिबद्धता


January 14, 2022 मा प्रकाशित

भद्रपुर, पुस २९ । भर्खरै झापा प्रशासनको नेतृत्व सम्हालन आइपुगेका प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापा प्रशासनलाई शुव्यवस्थित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो कार्य कक्षमा झापाका पत्रकारसित भेटघाट गर्दै प्रजिअ रिजालले जिल्लामा संघीय सरकारको मुख्य प्रतिनिधिका रूपमा रहने प्रमुख जिल्ला अधिकारी पदको गरिमा अनुसार नागरिक प्रशासनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएका हुन् ।

उनले झापा प्रशासनलाई व्यवस्थित बनाउन चोरी, तस्करी, लागुऔषध, कालाबजारीजस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी जनमैत्री प्रशासनका लागि काम गर्ने प्रष्ट पार्दै तेस्रो लहरको कोभिड १९ संक्रमण नियन्त्रणका लागि सिमा व्यवस्थापन लगायत स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने समेत बताएका छन् ।

अव्यवस्थित सरकारी सेवा प्रवाह व्यवस्थित बनाउन सवै पक्षसित छलफल गरी चुस्त प्रशासनको वातावरण अहिलेको आवश्यकता भन्दै प्रजिअ रिजालले जिल्लाका बासिन्दाको भवना समेट्ने गरी काम गर्ने समेत जनाएका छन् ।प्रजिअ रिजाल सुर्खेतबाट सरूवा भई झापा प्रशासनको नेतृत्व गर्न पौष २८ गते झापा आइ पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here