झापा ५ बाट ओलीको एकल नाम सर्वसम्मत सिफारिस


January 3, 2026 मा प्रकाशित

दमक । प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।

शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा ओलीको एकल नाम सिफारिस गरेको हो ।

ओली २०४८ सालदेखि लगातार उक्त क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा तत्कालिन माओवादी उम्मेद्वारसँग पराजित भएका ओली त्यसबाहेकका सबै चुनावमा विजयी भएका छन् ।

झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here