टी २० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने, क्यानले सार्वजनिक गर्‍यो मिति


January 4, 2026 मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार विज्ञप्ति जारी गर्दै टी–२० विश्वकपको ट्रफी टुर आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो ।

यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

आइसिसीले विश्वकपको रौनक बढाउन ट्रफी विभिन्न देशमा लग्ने कार्यक्रम रहेको छ । जसअनुसार नेपालमा पुस २१ देखि २३ जनवरी ५ देखि ७ सम्म ट्रफी टुर हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सञ्चालन गर्ने आइसिसी पुरुष टि २० विश्वकपको दशौं संस्करणमा २० टोली सहभागी हुनेछन् । टी २० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।

जसमा नेपाल पनि सहभागी हुँदै छ। नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here