दमक । झापा दमकका उद्योगी व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गोपाल गुरागाई निर्वाचित भएका छन् । उनी अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई पराजित गरि दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुरागाई ८९६ मत ल्याउदैं विजयी भए । अध्यक्षका प्रत्यासी चम्लागाईले ५८६ र खड्काले ५०७ मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, प्रथम उपाध्यक्षमा रुवल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौला र महिला उपाध्यक्षमा संगीता तुम्बापो निर्वाचित भएका छन् ।
सार्वजनिक गरिएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी राजकुमार योङया, ज्ञानु पौडेलले मत ल्याएका थिए । त्यस्तै, पराजित भएका प्रथम उपाध्यक्षका उम्मेदवार तुलसी तिम्सीना, सुनिल साहले मत पाए । द्धितीय उपाध्यक्षका उम्मेदवार नविनकुमार अग्रवाल, रमेश लुईटेल, तृतीय उपाध्यक्षका उम्मेदवार उमेश गजमेर र विवेक श्रेष्ठ पराजित भएका थिए ।
यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगाना र शुष्मा निरौला निर्वाचित भइन । निर्वाचित छ पदाधिकारी मध्ये चम्लागाई समूहबाट बरिष्ठ उपाध्यक्ष बाहेक अन्य गुरागाई प्यानलका उम्मेदवारहरु विजयी भएका थिए ।
६ खुला सदस्यमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य र सहदेव भटटराई निर्वाचित भए । सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई ,गोकुल खड्का ,खेमराज पाण्डे निर्वाचित भए । महिला सदस्यतर्फ संगीता प्रसाई र उर्मिला गुरुङ चुनिएकी छन् । तीन सदस्यीय लेखा समितिमा लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए ।
लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए । संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ बस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
यसैगरि, महिलातर्फ दुई सदस्यमा ६ जना र तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी परेको थियो ।
२० सदस्यीय कार्यसमितिका लागि ५५ जनाको उम्मेदवारी मनोनयन परेको थियो । शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।






