फिल्म ‘धुरन्धर’को दुई वटा शब्द ‘म्युट’


January 3, 2026 मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह स्टार फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको करिब एक महिना भएको छ । फिल्मले बक्स अफिसमा एकदमै राम्रो आम्दानी गरिरहेको छ । तर, प्रदर्शनको एक महिनापछि फिल्मको दुई वटा शब्दलाई ‘म्युट’ गरिएको छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनपछि फिल्मका दुई वटा शब्दलाई ‘म्युट’ गरिएको हो । दुई वटा शब्दलाई ‘म्युट’ गरिएको फिल्म जनवरी १ देखि रिलिज भएको छ । बलिउड मिडियाका अनुसार म्युट गरिएका दुई शब्दमध्ये एउटा ‘बलुच’ शब्द रहेको छ । मन्त्रालयको निर्देशन पालना गर्दै फिल्म मेकर्सले यी परिवर्तनहरू गरेका हुन् ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ५ मा विश्वभर रिलिज भएको थियो । फिल्मले व्यापारको मामलामा नयाँ कीर्तिमान कायम गरिरहेको छ । हालसम्म यसले विश्वभर १,१२८.६३ करोड भारु कलेक्सन गरेको छ ।

भारतीय बक्स अफिसमा मात्रै फिल्मको कलेक्सन ७२४.७५ करोड भारु पुगेको छ । फिल्ममा रणवीर सिंहका साथै अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सञ्जय दत्त, राकेश बेदी र दानिश पंडोर जस्ता कलाकारका अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here