बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो


January 3, 2026 मा प्रकाशित

झापा । बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि झापामा यो वर्र्ष उत्पादन घटेको छ। गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ। गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उनले जानकारी दिए ।
जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ। धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए।

गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here