भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा


January 3, 2026 मा प्रकाशित
Eastern Caracas panoramic city view at Chacao Municipality. Image taken at mid afternoon with Avila mountain in the background.Cerro El Avila en el Municipio Chacao.

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।

Eastern Caracas panoramic city view at Chacao Municipality. Image taken at mid afternoon with Avila mountain in the background.Cerro El Avila en el Municipio Chacao.

राजधानी काराकासमा भएका हवाई हमलाहरू भेनेजुएलाको तेल र खनिज लगायतका रणनीतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले प्रेरित रहेको सरकारको दाबी छ । राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिएका छन् । भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजेको आरोप लगाएको छ ।

राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिएका छन् । सरकारले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय बनाउन र यस ‘साम्राज्यवादी आक्रमण’ विरुद्ध एकजुट भएर प्रतिकार गर्न आह्वान गरेको छ । अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि आँखा गाडेर यो हमला गरेको मादुरो प्रशासनको ठम्याइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here