महेन्द्र रत्न मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा सुब्बा


January 4, 2026 मा प्रकाशित

झापा । महेन्द्र रत्न माध्यमिक विद्यालय, अनारमनीका पूर्व विद्यार्थीहरूको संस्था ‘महेन्द्र रत्न मावि पूर्व विद्यार्थी समाज’को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट मदन गोपाल सुब्बा सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीचरण शिवाकोटी प्रमुख अतिथि रहेका थिए ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा रूपक गोदार थापा, सचिवमा भूविक्रम बस्नेत, कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका छन्। सदस्यहरूमा भावना आचार्य, शारदा न्यौपाने, इन्दिरा भट्टराई गिरी, शान्ता चुडाल, शोभा आचार्य, कमलराज विमली, सुसिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल र किशोर मैनाली रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here