मेचीनगरको ढुंगागिट्टी प्रकरणमा जताततै चासो : राष्ट्रिय युवा संघ मेचीनगरले भन्यो “तत्काल दोषीलाई कारवाही होस् ।”


May 31, 2021 मा प्रकाशित

मेचीनर, १७ जेष्ठ । मेचीनगर नगरपालिकामा केहि सयमदेखि चर्चामा रहेको ढुंगागिट्टी र नक्करी बिल भरपाई प्रकरण बारे राष्ट्रिय युवा संघ नेपाल, मेचीनगर कमिटीले घटनाको निश्पक्ष छानविन र दोषीमाथि कारवाहीको माग गरेको छ ।


लकडाउन र कोरोना महामारीको बेला सर्वसाधारणको जीउधनको सुरक्षामा केन्द्रित हुनु पर्ने स्थानीय सरकार भ्रष्टचार र अनियमिततामा लागेको भन्दै आज युवा संघ मेचीनगरले नगरपालिकामा घटनाको निन्दा र भत्सर्ना गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । यस्तो बेला नगरपालिकाका जनप्रतिनिधि नै भंष्टचार र नक्कली विल भरपाई काण्डमा मुछिनु दुखद भएको भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, – “ यस्तो बेला जनसमुदायलाई भोकबाट कसरी बचाउने भन्दा पनि जनप्रतिनिधिहरुनै संलग्न रहेर नदीजन्य पदार्थ उत्खनन., अनियमितता, नक्कली बिलको प्रयोग, भं्रटचार, राजश्व चुहावट, लापरवाही, कमिशनखोर, गैर कानुनी कार्यहरु गरेको गराइएकोमा घोर भत्सर्ना गर्दछ ।”
संघका मेचीनगर अध्यक्ष मानबहादुर तामाङ र सचिव बेग सुनुवारले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आजै नगरपालिकामा नगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीलाई बुझाइएको सचिव सुनुवारले बताउनु भयो ।

हेनुहोस् ध्यानाकर्षण पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here