फेरि बहुमतसाथ सिंहदरबार छिर्छौ : ओली


December 26, 2021 मा प्रकाशित

बिर्ता रिपोर्टर

आइतबार झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : बिर्ता रिपोर्टर

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट पुनः बहुमतसाथ सिंहदरबार प्रवेश गर्ने दाबी गरेका छन् । उनले एमाले कसैसँग साँठगाँठ नगरि मुल बाटोबाट सिंहदरबार छिर्ने दाबी गरे ।

‘यता–उता साँठगाँठ गरेर । जस्केलाबाट । मित लगाएर होइन । हामी जनताको मतबाट । राजमार्गबाट सिंहदरबारको मुल गेट खोलेर आउछौं’ उनले भने । ओलीले देशमा विकासको लहर चलाएकोप्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

‘कोही खुट्टा तान्ने । कोही बाहुला तान्ने । त्यसका बाबजुद पनि हामीले काम गरेको गरेकै छौं’ उनले भने,‘सरकार अहिले ढालेका छन् उनीहरुले । तर, आउदो चुनावमा बहुमतसाथ फेरि सिंहदरबार छिर्छौ ।’

आइतबार गृहनगर झापाको दमकमा निर्माणाधीन २५ तले भ्यू टावरको अवलोकनपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आगामी चुनावबाट प्रचण्ड र माधव नेपालहरुलाई भोटमार्फत जनताले जवाफ दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here