वाणिज्य महासंघ अधिवेशनको तयारी सुरु, केन्द्रीय उपाध्यक्षमा डालमियाको दाबी


January 2, 2026 मा प्रकाशित

झापा । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने अधिवेशनका लागि तयारी सुरु भएको छ । अधिवेशनलाई लक्षित गर्दै झापाका उद्योगी व्यवसायी उमेश डालमिया केन्द्रीय उपाध्यक्ष पदको तयारीमा जुटेका छन् ।

हाल महासंघका कार्यकारिणी सदस्य रहेका डालमिया महासंघअन्तर्गत मेला समिति संयोजकको जिम्मेवारीमा छन् । उनको उम्मेदवारीलाई समर्थन गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले केन्द्रीय उपाध्यक्षका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले डालमियालाई केन्द्रीय उपाध्यक्षका लागि समर्थनसहित सिफारिस गर्ने निर्णय गरेको हो । डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६ देखि २०५८ सम्म अध्यक्ष रहिसकेका छन् । उनी झापा उद्योग वाणिज्य संघको अध्यक्षसमेत रहिसकेका अनुभवी उद्योगी व्यवसायी हुन् ।

महासंघको नेतृत्वमा उनको सक्रिय भूमिकाले उद्योगी व्यवसायीको हकहित र संगठन सुदृढीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । आसन्न निर्वाचनमा देश भर रहेका संघमा आवद्ध १२९ संस्थाका अध्यक्षले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here