दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी


January 3, 2026 मा प्रकाशित

एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।

अभियोजनकर्ताहरूले यसअघि युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेकोलगायत आरोपसहित अभियोग दर्ता गरेका थिए । सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन योलले उत्तर कोरियामाथि ड्रोन उडान गर्न आदेश समेत दिएका थिए । त्यस मुद्दाका लागि पक्राउ पुर्जीको म्याद यहि जनवरी १८ तारिखसम्ममा समाप्त हुनुपर्ने थियो तर हिजोको आदेशले यसलाई अधिकतम ६ महिनासम्म विस्तार गर्नेछ ।

दक्षिण कोरियाको राजधानी सियोलको जिल्ला अदालतका एक अधिकारीले मुद्दाका प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पक्राउ पुर्जी जारी गरिएको बताएका एएफपीले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here