‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जिते


January 3, 2026 मा प्रकाशित

काठमाडौँ । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् । ग्रान्ड फिनालेको एपिसोडमा नेपाली सेनामा आबद्ध उनी विजेता घोषित भए ।

उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे ।

रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले ब्यायाम प्रशिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here