
काठमाडौं । सहकारी विभागका नवनियुक्त रजिष्ट्रार सुशील ढकालले पदबहाली गरेका छन् । ढकाल राष्ट्रपतिको कार्यालयबाट सरुवा भई सहकारी विभाग आएका हुन् ।
यसअघिका रजिष्ट्रार उमेश ढुंगानालाई गृह मन्त्रालयअन्तर्गत लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा सरुवा गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ढकाललाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।
नवनियुक्त रजिष्ट्रार ढकालले पदबहाली गरेका छन् । उप–रजिष्ट्रार तथा सूचना अधिकारी शशिकुमार लम्सालका अनुसार ढकालले औपचारिक रूपमा कार्यभार सम्हालिसकेका छन्।
यसअघिका रजिष्ट्रार ढुंगानाले २०८१ चैत ४ गते सोमबार सहकारी विभागको रजिष्ट्रारका रूपमा पदबहाली गरेका थिए। उनले करिब नौ महिना विभागको नेतृत्व सम्हालेका थिए।






