झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख रुपैयाँको विद्युत् बेच्यो


January 4, 2026 मा प्रकाशित

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक वर्ष २०८२।८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गरेको जनाएको छ ।

इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन गर्दै आएको छ भने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता पीपीए गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here