
एजेन्सी । आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत यूएईले क्यानाडालाई ५ विकेटले पराजित गरेको छ। भारतको अरुण जेटली स्टेडियममा शुक्रबार साँझ सकिएको खेलमा यूएईले १ सय ५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो ।
क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १ सय ५० रन बनायो । हर्ष थाकरले अर्धशतकसहित सबै भन्दा बढी रन बनाएएका थिए । जवाफमा यूएईले लक्ष्य पछ्याउँदा शुरूमै विकेट गुमाए पनि आर्यनश शर्माले ७४ रन र सोहैब खान ले ५१ रन बनाएर महत्वपूर्ण साझेदारी गरेका हुन् । यी दुईको ८४ रनको साझेदारीले यूएईलाई जिततर्फ धकेल्यो ।
यूएईका लागि जुनैद सिद्दीकले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३५ रन दिएर ५ विकेट झारेका थिए । जसले क्यानाडाको शीर्ष ब्याटिङलाई दबाबमा पारेको थियो। यो जितसँगै यूएईले आफ्नो समूह चरणको प्रदर्शनलाई मजबुत बनाएको छ । अर्कातिर क्यानाडाका लागि यो निराशाजनक परिणाम बन्न पुग्यो ।






