‘नक्सा सामूहिक निर्णयबाट आएको हो’ : प्रचण्ड


July 12, 2020 मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले हडपेको जमीन समेटिएको नक्सालाई लिएर कसैले पनि महान राष्ट्रवादी हुनु जरूरी नरहेको बताएका छन्।  चितवनमा आइतवार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गत कात्तिकमै भारतले नेपाली भूमि समेटेर नक्सा छापेको थियो। मैले त्यति बेलै हामीले पनि हाम्रो मिचिएको भूमिसहित नक्सा छापौँ भनेको थिएँ’, उनले भने, ‘यसलाई मैले मंसिरको स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको थिएँ। माघमा बसेको केन्द्रीय कमिटी बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभागको नक्सा प्रकाशित गर्नुपर्छ भनेको थिएँ। केन्द्रीय समितिले पनि निर्देशन दिएको थियो।’ उनले भारतले मिचेको भूमिसहितको नक्सा छापेको कुरामा कसैले एक्लै जस लिन खोज्‍नु गलत हुने बताए। ‘हामीले छातीमा हात राखेर भनौं सत्य के हो भनेर। यहाँ कोही महान राष्ट्रवादी नभए हुन्छ। हामीले मिलेरै नाकाबन्दी सामना गरेको हो। मिलेरै नक्सा छापेको हो। पार्टीले निर्णय गरेर मात्रै पुग्दैन थियो त्यसैले नक्सा छाप्न सरकारलाई निर्देशन दिएका हौं।’
Read more at: http://www.thahakhabar.com/news/102733

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here