औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ


June 1, 2021 मा प्रकाशित

मोरङ, जेष्ठ १७ ।। बिस ।।
औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालक रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम उनलाई थप अनुसन्धान भईरहेको छ । (तस्वीर स्रोत : १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here