इटहरीमा थारू भाषाको बेग्लै पाठ्यपुस्तक : बैशाखदेखि पढाइ हुने


December 18, 2022 मा प्रकाशित

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा रहेका प्रत्येक सामुदायिक बिद्यालयहरूमा आगामी २०८० बैशाख देखि थारू भाषाको बेग्लै पाठ्यक्रम लयाउने भएको छ ।

यसका लागि कार्यदल बनाइ बैठकमा समेत पास भइसकेको उपमहानगरले जनाएको छ । एघारौ नगरसभाबाट थारू समुदायलार्इ उपमहानगरकै पहिलो जाति घोषणा गरे संगै सम्मान स्वरूप सबै सामुदायिक बिद्यालयहरूमा बैशाख देखि थारू भाषामा पठन पाठन हुनेगरी कार्यक्रम अघि बढाइएको उपमहानगर सचिवालयले जनाएको छ ।

शुक्रबार बसेको नगरसभा बैठकले उपमहानगर अन्तरगत शिक्षा समिति संग समन्वय गरी थारू भाषाका पाठ्यक्रमहरू तयार गर्न निर्देशन समेत दिइसकेको छ । इटहरीमा रहेका सबै सामुदायिक बिद्यालयहरूमा आगामी बैशाखदेखि थारू भाषाका पाठ्यक्रमहरू पुग्ने गरी तयारी थालिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here