ओली र प्रचण्डबीच भेटवार्ता


January 4, 2026 मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार वार्ता भएको छ ।

दुई शीर्ष नेताहरुबीच जेनजी आन्दोलनपछि पहिलो पटक द्धिपक्षीय छलफल भएको हो ।

ललितपुरस्थित एक नेताको घरमा भएको भेटमा दुवै नेताले सरकारले चुनावको वातावरण नबनाएको समीक्षा गरेका छन् ।

नेकपा संयोजक ‘प्रचण्ड’को सचिवालयका अनुसार अरु समसामयिक राजनीति विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।

दुई नेताबीच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौं फर्कन ढिला भएपछि रोकिएको थियो ।

यस्तै प्रचण्ड नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुनेुएकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमुमा सहभागी हुन दिल्ली जादैँ छन् । प्रचण्डले आज दिल्ली जानुअघि ओलीसँग भेटवार्ता गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here