मेचीनगरको ढुंगा गिटी प्रकरणमा के भएको हो ? थाहा चाहियो भन्दै पाँच राजनीतिक दलले बुझाए नगरलाई ज्ञापन पत्र


June 11, 2021 मा प्रकाशित

मेचीनगर, २८ जेठ ।। बिस ।। मेचीनगरको चर्चित ढुंगा गिटी प्रकरणका सन्दर्भमा यहाँ क्रियाशील राजनीतिक दलहरुले सामुहिक रुपमा चासो देखिएका छन् । सिंगो नगरको बद्नामी भइरहेको भन्दै आज पाँच राजनीतिक दलले संयुक्त रुपमा घटनाको विवरण र दोषी उपर कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएका छन् ।

आज मेचीनगर नगरपालिकाको कार्यालय ईटाभट्टामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरगाई, जसपाका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाकी अध्यक्ष सविना बजगाईले संयुक्तरुपमा हस्ताक्षर गरिएको ज्ञापनपत्र नगरप्रमुख विमल आचार्यलाई बुझाएका हुन् ।

ज्ञापनपत्रमा नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणमा अधिकारको दुरुपयोग गर्दै अनियमित ढंगले नदीको दोहन गरेको, फर्जी रसिद प्रयोग गरी भष्ट्राचार गरेको, नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, नगरपालिकाको प्राविधिकसहितको सर्वपक्षिय टोलीले स्थलगत अनुगमन गर्दा आईई गरेको क्षेत्र र मापदण्ड आदी पर्वाह नगरीअत्याधिक परिमाणमा उत्खनन् गरेको प्राविधिक नाप जाँचबाट पुष्टि भएको उल्लेख छ ।

खेलाको चरम दोहन गरेर ठुलो धनराशी हिनामिना गरिएको ठहर भईसक्दासमेत दोषीलाई कारवाही गर्ने, ठेकेदारलाई जरिवानासहित असुल उपर नगरेर ठेकेदारलाई उन्मुक्ति दिने कार्य नगर्न नगरपालिकालाई सचेत गराईएको ज्ञापन पत्रमा भनिएको छ ।

फर्जी रसिद प्रयोग गरेर लाखौँ रकम हिनामिना गरेको छ महिना वितिसकेपछि मात्र अनि छानबिन गर्ने, स्थानीय सरकारले छानबिन गर्न नसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पत्र काट्नु, नगरपालिका आफ्ना जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गर्न नसक्नु निन्दनिय र घोर भत्सर्ना योग्य रहेको उल्लेख छ ।

आ.व. २०७७÷७८ मा नदीजन्य पदार्थ उत्खनन् सन्दर्भमा भएका गैरकानूनी उत्खनन्, आर्थिक हिनामिना, फर्जी विलसमेतको प्रयोग गरि भएको करोडौँ हिनामिना, स्वेत पत्रमार्फत नगरवासीलाई अविलम्ब जानकारी गराउन र दोषी जो भएपनि तत्काल कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराईएको छ ।

नगरपालिकाले त्योसो गर्न नसके नगरमा क्रियाशिल राजनीतिक दलहरु आफै अग्रसरता भएर अघि बढ्ने दलका प्रमुखहरुले चेतावनीसमेत दिइएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here