हाम्रो नेपाल साकोसले दियो सदस्यलाई लकडाउन अवधिको ४० लाख व्याज छुट


August 6, 2021 मा प्रकाशित

बिर्तामोड, २२ साउन ।। हाम्रो नेपाल बचत तथा ऋण सहयकारी संस्थाले कोभिड १९ का कारण लकडाउनमा परेका आफ्ना ऋणी सदस्यहरुको तीन महिनाको व्याज वापतको ४० लाख ३० हजार रुपैया छुट गरेको छ ।
गत बैशाख, जेष्ठ र असार महिनाको व्याज मिनाह गरिएको संस्थाका अध्यक्ष भावनाीप्रसाद दंगालले बताउनु भयो । अध्यक्ष दंगालका अनुसार कूल सेयर सदस्य १६ हजार ३ सय ७२ मध्ये ४ हजार ४ सय ५१ जना ऋणी सदस्यहरुको व्याज मिनाह भएको हो ।
विर्तामाडमा केन्द्रिय कार्यालय रहेको संस्थाको वार्षिक कारोवार डेढ अर्ब बराबरको रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ८६ लाख ४८ हजार ३ सय ८० रुपैया नाफा गरेको अध्यक्ष दंगालले बताउनु भयो । कोरोना प्रकोपका कारण संकटमा रहेका सदस्यहरुलाई संस्थाले विभिन्न राहत र सहयोग कार्यक्रम पनि सञ्चालन गरेको अध्यक्ष दंगालले बताउनु भयो । संस्थाका ऋणी सदस्यको कुनै कारण मृत्यु भई ऋण असुल हुन बाँकी देखिए त्यस्ता ऋण मिनाह हुने नीति अनुरुप गत वर्ष ७ लाख ३८ हजार ऋण मिनाह भएको पनि दंगालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here